सन् १९५२ मा आइन्स्टाइनलाई इजरायलको दोश्रो राष्टपती बन्न आग्रह गर्दै टेलिग्राम पठाइयो । प्रत्यक्षदर्शीका अनुसार, उनलाई त्यो टेलिग्रामले सा...
- सन् १९५२ मा आइन्स्टाइनलाई इजरायलको दोश्रो राष्टपती बन्न आग्रह गर्दै टेलिग्राम पठाइयो । प्रत्यक्षदर्शीका अनुसार, उनलाई त्यो टेलिग्रामले साह्रै बेचैन बनायो र उनी भर्यागंमा धेरै पटक तलमाथी गर्दै यो के आपत आइपर्यो ? भनेर कराइरहे । आइन्स्टाइनलाई त्यती बेचैन भएको कहिल्यै देखिएको थिएन । पछि उनले नम्रतापूवर्क आफू राष्टपती बन्न नसक्ने कुरा जाहेर गरे ।
- आइन्स्टाइन कहिल्यै पनि जुत्तामा पालिस लगाउदैनथे, कहिल्यै कपाल कोर्दैनथे । त्यसैले उनको सेतै फुलेको लामो कपाल चरैतर्फ छरिएको हुन्थ्यो । उनले लगाउने कपडा पनि झोलिएका, खुकुला र बेढंगका हुन्थे । कसैसँग नदाज्ने हो भने जुनकुनै चीजपनि राम्र हुन्छ भन्ने उनको बिचर थियो । हामी दाँजेर हेर्छौ त्यसैले राम्रो नराम्रो छुट्याउदछौ । यदि कसैले पनि जुत्तामा पालिस नलगाउने हो भने सबैका जुत्ता प्रायः उस्तै हुनपुग्छन । यहाँ पनि आइन्स्टाइन सापेक्षताको कुरा नै गर्दछन् ।
COMMENTS